एलआईसी नेपालले खुलाएको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन

५ श्रावण २०८०, शुक्रबार १०:४८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले खुलाएको रोजगारमा आवेदन दिने आज (साउन ५ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले ब्रान्च हेड पदमा १० जना र सिनियर एशोसियट पदमा १० जना गरी कुल २० जना कर्मचारी माग गरेको छ । कम्पनीले अनुभवी, क्षमतावात तथा नेतृत्व गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले साउन ५ गते कार्यालय समयभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*