हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ

५ श्रावण २०८०, शुक्रबार ११:४१

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ४९ हजार २२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी बिनोद कुमार गोयलको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले बिक्रीमा ल्याएको शेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*