सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

५ श्रावण २०८०, शुक्रबार १७:३३

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ५ गते) साझ ५ः४ मिनेटसम्ममा १५ हजार ९९ जनाबाट ९ लाख ६४ हजार ५३० कित्ता बराबर २३ करोड ५ लाख २२ हजार रुपैयाँको आवेदन परेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ५ गते) साझ ५ः४ बजेसम्ममा २० हजार ७७० जनाबाट १४ लाख ९७ हजार ३२० कित्ता बराबर ३८ करोड ४८ लाख ११ हजार रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ५ गते) साझ ५ः४ बजेसम्ममा १६ हजार ९४२ जनाबाट ११ लाख ८८ हजार ८० कित्ता बराबर २८ करोड ९८ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*