चुक्ता पुँजि कायम गर्ने कम्पनी पाँचमात्रै, बाँकि प्रकृयाको लागि दौडधुपमा, चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई कस्तो कारबाही हुन्छ ?

हकप्रद शेयरको लागि बीमा प्राधिकरणमा कम्पनीको फाइलको चाङ
५ श्रावण २०८०, शुक्रबार १९:२७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकको समयसीमाभित्र अधिंकाश बीमा कम्पनीहरुले अझै पुँजि कायम गर्न सकेका छैनन् । असार मसान्तसम्ममा पाँच कम्पनीले मात्रै पुँजि पुराउन सफल भएका छन् । बाँकि भने पुाजि पुराउने दौडधुपमा देखिन्छन् ।
प्राधिकरणले ०७८ को चैतमा निर्देशन जारी गर्दै बीमा कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्न एक वर्षको समय दिएको थियो । जसअनुसार कम्पनीले गत चैत मसान्तभित्र पुँजी कायम गरिसक्नुपर्ने थियो । तर, अधिकांश कम्पनीले सो अवधिमा पुँजी जुटाउन सकेनन् ।

त्यसैले,  कम्पनीहरूको आग्रहमा प्राधिकरणले तीन महिना समय थप गरेको थियो । थप गरेको समयसीमा पनि असार मसान्तमा सकिएको छ । बीमा ऐनबमोजिम नगद वा निश्चित व्यवसाय रोक्का गर्न गर्ने तयारी गरेको छ ।
प्राधिकरणको निर्देशनबमोजिम जीवन बीमा कम्पनीले पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी पुयाउनुपर्नेछ । यसअघि जीवन बीमा कम्पनीको दुई अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुने व्यवस्था थियो ।

पुँजि पुराउन बीमा प्राधिकरणले अन्तिम विकल्पको लागि हकप्रदको आश देखाएसँगै प्राधिकरणमा हकप्रद शेयरको फाइलको चाङ पुग्न थालेको छ।यसअघि साविकको बीमा समिति हुँदा लचिलो देखिएपनि प्राधिकरणमा रुपान्तरण भएपछि केही फरक शैलीमा प्रस्तुत देखिएको छ। प्राधिकरणले अघिल्ला बर्षहरुमा झै आलटाल गर्ने प्रवित्ति बन्द गर्दै समयमा पुँजि नपुराउने कम्पनीलाई बीमा ऐन अनुसारको कारवाहीको प्रकृया अघि बढाएको छ ।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई पाँच अर्ब रुपैयाँ पुँजि र निर्जिवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ पुँजि पुराउन निर्देशन दिएको थियो । जसको अन्तिम मिति असारको मसान्तमा सकिएको छ ।चुक्ता पुँजिको आधारमा हेर्ने हो भने नेपाल लाइफ, हिमालय लाइफको पुँजि पुगेका छन् भने बाँकि कम्पनी प्रिमियम मूल्यमा आइपीओ निष्काशन र हकप्रदको विकल्पमा जाने भएका छन् ।हकप्रद जारी गनुपर्ने कम्पनीले भने बोनस शेयर जारी गर्नेछन् ।

निर्जिवन बीमातर्फ तीन कम्पनीले पुँजि पुराईसकेका छन् ।आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पुजि पुगीसकेको छ ।

त्यस्तै, शिखर र हिमालयन एभरेष्टले भने पुँजि पुराउन बोनस शेयर जारी गर्नेछन् ।

अन्य निर्जिवन बीमा कम्पनीहरुले भने हकप्रद शेयर र अन्य विकल्प अपनाउनेछन् ।

निर्जिवन बीमातर्फ नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पुँजिवृद्धिको लागि फरक बाटो अपनाउने भएको छ।

नेपाल लाइफ र प्रभु दुबै मर्जरमा जान लाग्दा सहमती तोडिएर एक्लै भएका कम्पनीहरु यी दुई कम्पनीले पनि आ आफनौ विकल्प खोजिसकेका छन् ।

आइएमई जनरल र पु्रडेन्सियल इन्स्योरेन्ससँग मर्जरमा जान लागेको अन्तिम चरणमा आफनो साख जोगाउन नाम नहटाउने भएपछि कम्पनी एक्लै हुनु परेको थियो ।कम्पनी मर्जरमा जानको लागि सरकारी स्वामित्वमा रहेको नेपाल बैंकसँग समेत स्वीकृती लिईसकेको थियो । अन्त्यसमा दुई कम्पनीसँग असहमती जनाउदै मर्जरको प्रकृयाबाट कम्पनी बाहिरिएको थियो ।

मर्जरको अन्तिम तयारीमा बसेको नेपाल लाइफको संचालकले दोस्रो कार्यकाल पाउने अपेक्षा गरेर बसीरहेका थिए । मर्जर तोडिएसँगै अध्यक्ष सहित संचालकको कार्यकाल सकिएर बाहिरिएर पछि हाल कम्पनीमा नयाँ अध्यक्ष नियुक्त भईसकेका छन् ।

नेपाल इन्स्योरेन्सले आफनो सम्पत्ति बेचेर चुक्ता पुँजि पुराउदैछ । नेपाल बीमा प्राधिकरणमा पनि सम्पत्ति बेचेर पुँजि पुराउन लागेको जानकारी गराईसकेको छ।

त्यस्तै, प्रभु लाइफले अजोड इन्स्योरेन्ससँग मर्जरको प्रकृयाको क्रममा तोडेर कम्पनीलाई धोका दिएर मर्जर तोडिएको भोलिपल्टै युनाईटेडसँग मर्जर प्रकृयामा गएको थियो ।जसको कारण कम्पनीले

आफनो साधारणसभाको प्रस्तावमा तत्काल नै पुँजि पुराउन अन्य विकल्प प्रयोग गर्ने बिषय खुलाएको थियो । हाल कम्पनी भारतीय कम्पनीसँग भेञ्चरमा जाने बिषयमा छलफल गर्दैछ । यदि भेञ्चर कम्पनी नआएको खण्डमा विकल्पको रुपमा हकप्रद शेयर जारी गर्नेछ ।

जीवन बीमातर्फ भने एशियन लाइफले हकप्रद शेयर जारी गरेर पुाजि पुराउने तर्फमा रहेको छ । कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ पुँजि पुराएको छ । बाँकि ३० प्रतिशत हकप्रद शेयर जारी गरेर पुँजि पुराउने तयारीमा रहेको कम्पनीले जनाएको छ। कम्पनीले मर्जरको कुनै विकल्प नलिई हकप्रद जारी गर्ने निर्णय अन्तिम लिईसकेको एक संचालकले बीमापोष्टलाई जानकारी दिएको छ ।

पुँजी नपुराउने कम्पनीलाई अझै समयअवधि थप गरिदैन ऐन अनुसार नै कारवाही हुन्छ । बाँकि उच्च व्यवस्थापनको निर्णय आईसकेको नआईसकेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेललेले बीमापोष्टलाई जानकारी दिए ।
यदि यी कम्पनीहरुले पुँजी जुटाउन नसक्ने कम्पनीलाई ऐनबमोजिम कारबाही गर्ने, तर समय भने थप नगर्ने प्राधिकरणको भनाई छ ।

म्याद सकिएको असार मसान्तसम्म सञ्चालनमा रहेका २८ मध्ये पाँच कम्पनीले मात्रै पुँजी जुटाएका छन् । अन्य २१ कम्पनी पुँजी जुटाउने प्रक्रियामा गइसकेका छन् भने प्रक्रिया अघि बढाइसकेकालाई कुनै कारबाही हुनेछैन ।मर्जरमा गई सकेका कम्पनीलाई प्राधिकरणले उपहार स्वरुप हकप्रद शेयर जारी गर्न दिनेछ ।

हाल एनएलजी इन्स्योरेन्सले ७७ प्रतिशत हकप्रद शेयर जारी गर्ने स्वीकृती पाईसेकेको छ भने प्रभु इन्स्योरेन्सले भेञ्चर कम्पनीसँग सहमती नभएको खण्डमा ६५ प्रतिशत हकप्रद शेयर जारी गर्नेछन् ।
त्यस्तै, एलआईसी नेपालले पनि हकप्रद शेयरको लागि स्वीकृती पाईसकेको छ ।

बीमा कम्पनीहरुको अवस्था
जीवन बीमा
चुक्ता पुँजिको आधारमा नेपाल लाइफ र हिमालयन लाइफ बाहेक अन्यलाई हकप्रद शेयर र बोनस शेयरको आवश्यकता देखिन्छ ।
हकप्रदको लागि बीमा प्राधिकरणसँग कम्पनीले स्वीकृती माग्नेछन् । भने बोनस शेयरको लागि कम्पनीको संचालकले निर्णय गर्नेछ ।
हालसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफैँले पुँजी जुटाइसकेको छ । प्राधिकरणको तथ्यांकअनुसार कम्पनीको पुँजी आठ अर्ब २० करोड पुगेको छ । यो रकम प्राधिकरणले तोकेभन्दा बढी हो । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको पुँजी सात अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपछि बनेको यो कम्पनीले पनि तोकिएको पुँजी कायम गरेको छ ।
जीवन बीमातर्फ एशियन लाइफकले ३० प्रतिशत हकप्रद शेयर जारी गरेर पुँजि पुराउने तयारी गरेको छ।

निर्जिवन बीमा
निर्जिवन बीमा तर्फ तीन कम्पनीले चुक्ता पुँजि पुराईसकेका छन् बाँकिले भने पुँजि पुराउन कसरत गनुपर्ने देखिन्छ । शिखर इन्स्योरेन्सको पनि पुँजी दुई अर्ब २८ करोड पुगेको छ । कम्पनीलाई २१ करोड ३९ लाख रुपैयाँ अपुग छ । त्यसका लागि कम्पनीले ९.३६ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । नेको इन्स्योरेन्सको पुँजी दुई अर्ब एक करोड रुपैयाँ पुगिसकेको छ । कम्पनीले २४.२३ प्रतिशत हकप्रद जारी गरी पुँजी जुटाउने भएको छ ।
बीमा कम्पनीहरुले पुँजि पुराउन प्राथमिक सेयर निष्कासन र हकप्रद सेयर निष्काशनको प्रक्रिया सुरु गरेका छन् ।

विदेशी शाखा रहेको कम्पनीलाई के छ व्यवस्था ?
प्राधिकरणले नेपालमा संचालमा रहेका विदेशी बिमा कम्पनीको शाखाका रूपमा सञ्चालित कम्पनीको हकमा असाइन क्यापिटल निर्धाण गरिदिएको छ। यी कम्पनीहरुले चुक्ता पुाजि नपुराएसम्म नेपालमार्फत लाभांश र मुनाफा लैजान पाउने छैनन् ।
हाल नेपालमा लाइफतर्फ मेट लाइफ रहेको छ ।
ननलाइफतर्फ ओरिएन्टल र नेसनल कम्पनी रहेको छ । कम्पनीले असाइन क्यापिटल लागू गनुपर्नेछ ।

सरकारी कम्पनीको हकमा के हुन्छ ?
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी भने सरकारी स्वामित्वका कम्पनी हुन् । यी कम्पनीको हकमा सरकारले नै पुँजीको व्यवस्था गर्ने समझदारी भएको छ ।
साविकको बीमा समिति हुँदादेखि अटर गर्दै आएको कम्पनीले बीाम प्राधिकरणलाई पनि नटेरेको देखिएको छ। प्राधिकरणले पटक पटक पत्र पठाएर रि कल गराएर कम्पनीलाई पुँजिको बिषयमा झक्झकाउनुपर्ने अवस्था अझै पनि छ।
पूर्व अर्थमन्त्री जनार्दन शर्मा र हालका अर्थमन्त्री डा प्रकाशशरण महतले कार्याकक्षमै बोलाएर समयअवधि सकिएपनि यी दुई सरकारी कम्पनीको काम भने टुङ्गीने देखिदैन ।
सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थालाई राष्ट्र बैंक र नेपाल बैंकले रकम प्लस गर्ने बिषयमा सहमती जनाईसकेका छन् भने कम्पनी भने अझै आफनौ पुरानै शैली अपनाएर अघि बढीरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*