बीमा क्षेत्रको शेयर कारोबार यो साता कस्तो रह्यो ? (एलटीपीसहित)

६ श्रावण २०८०, शनिबार ०९:२४

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेसँगै बीमा कम्पनीहरुको उपसूचकमा पनि भारी गिरावट आएको छ ।

बिहीबार शेयर बजारमा जीवन बीमा उपसूपचक ०.९९ प्रतिशत र निर्जीवन बीमा १.१२ प्रतिशतले गिरावट आएसँगै कम्पनीलहरुको शेयरमूल्य घटेको थियो ।

जीवन बीमा कम्पनी
साता कारोबार शेयर बजारमा जीवन बीमा कम्पनीहरु सम्पुर्णको शेयरमूल्य घटेको थियो । जसमा नेशनल लाइफको सर्वाधिक घटेको थियो ।

यो साताको अन्तिम कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको १५८० रुपैयाँ, नेपाल लाइफ र एशियन लाइफको ७५५ रुपैयाँ, नेशनल लाइफको ६५३ रुपैयाँ, सूर्यज्योति लाइफको ६२१ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ५६२ रुपैयाँ र हिमालयन लाइफको ५०४ रुपैयाँमा शेयर कारोबार भएको थियो ।

निर्जीवन बीमा कम्पनी
यो साता कारोबारको अन्तिम दिनमा तीन निर्जीवन बीमा कम्पनी वाहेका अन्य सम्पूर्णको शेयरमूल्यमा गिरावट आएको थियो । यो साता सानिमा जिआईसी र युनाईटे अजोड इन्स्योरेन्सको शेयरमूल्य बढेको थियो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चाँही स्वही मूल्यम शेयर कारोबार भएको थियो ।

निर्जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक मूल्यमा कारोबार भएको थियो । त्यस्तै, शिखर इन्स्योरेन्सको ८७० रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८०८ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ७५९ रुपैयाँ र अन्य कम्पनीहरुको ७ सय भन्दा कम रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*