हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी संगठनमा को-को भए चयन ?

६ श्रावण २०८०, शनिबार २१:४८

काठमाडौं। तीन कम्पनी मिलेर बनेको संयुक्त हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संगठनको विशेष महाधिवेशनबाट नयाँ अध्यक्ष चयन भएका छन् । हिमालयन लाइफको अध्यक्षमा हरि बहादुर खड्का निवार्चित भएका छन् । काठमाडौंको बानेश्वर बैङ्क्वेटमा आयोजना गरिएको महाधिवेशनमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

यसअघि साबिक युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको छुटा छुटै कर्मचारी युनियन थियो । साविकको तीन कम्पनीको आपसमा मर्जर पश्चात नयाँ अध्यक्ष चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्ष रुद्र तामाङ ,उपाध्यक्ष उमेश खत्री, उपाध्यक्ष सेवक राय, महासचिव उद्धव बिडारी,सचिव दिपक रेग्मी, सचिव तेज भण्डारी कोषाध्यक्ष सुभाष पौडेल,सह कोषाध्यक्ष देवकी कार्कीसहित २१ सदस्यीय कार्य समिति सर्व सम्मतरुपमा चयन भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*