सिटिजन, रिलायबल र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

८ श्रावण २०८०, सोमबार १७:५८

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ८ गते) साझ ५ः४ मिनेटसम्ममा १८ हजार ६१६ जनाबाट ११ लाख ८९ हजार १० कित्ता बराबर २८ करोड ४१ लाख ७३ हजार रुपैयाँको आवेदन परेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ८ गते) साझ ५ः४ बजेसम्ममा २४ हजार ५६ जनाबाट १७ लाख ३८ हजार ५० कित्ता बराबर ४४ करोड ६६ लाख ७८ हजार रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ८ गते) साझ ५ः४ बजेसम्ममा २० हजार २२१ जनाबाट १४ लाख २० हजार ८१० कित्ता बराबर ३४ करोड ६६ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*