बीमा प्राधिकरणको लक्ष्य अनुसार बीमा व्यवसाय कायम हुन सकेन, सम्रगमा २ दशमलव ८५ प्रतिशतले बढ्नु सन्तोषजनक नै छ: कार्यकारी निर्देशक राजुरमण पौडेल

८ श्रावण २०८०, सोमबार २१:१०

काठमाडौं। बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा आफनो व्यवसाय २।८५ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको असार मसान्त १ खर्ब ७७ अर्ब रुपैयाँ बीमा व्यवसाय गरेको बीमा कम्पनीहरुको व्यवसाय २ दशमलव ८५ प्रतिशतले बढेर १ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।

मर्जरपश्चात् बीमा कम्पनीहरुको व्यवसायमा रफ्तार भने यो बर्षमा देखिएको छैन ।आगामी बर्ष यसको प्रभाव पर्ने देखिन्छ । बीमा कम्पनीहरुको निकाय बीमा प्राधिकरणको चुक्ता पुँजि वृद्धिको निर्देशन पश्चात् ३९ बीमा कम्पनीबाट २९ कम्पनीमा झरेको छ।
१९ जीवन बीमा कम्पनीहरु मर्जरपछि झरेर १५ मा पुगेको छ भने २० निर्जिवन बीमा कम्पनीहरु मर्जर पश्चात् १४ बन्न पुगेको छ। जीवन बीमा कम्पनीहरूले असार महीनामा औसतभन्दा बढी अर्थात् कुल रू.१ खर्ब ४२ अर्ब बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा मर्जर पश्चात् १५ जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुले असार महिनामा अ‍ैसत भन्दा बढी अर्थात् कुल रु ४० अर्ब ५७ करोड बीमाशुल्क संकलन गरेका छन् । मर्जर पश्चात् निर्जिवन बीमा कम्पनीहरुको सङख्या २० बाट झरेपश्चात् १४ पुगेको छ ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार असार महीनामा उच्च मात्रामा बीमाशुल्क संकलन भएको देखिन्छ । नेपाली बीमा बजारमा औसतमा मासिक ५/६ अर्बको हाराहारीमा बीमाशुल्क संकलन हुन्छ । तर, असारमा भने त्योभन्दा बढी अर्थात् झन्डै दोब्बरले वृद्धि बीमाशुल्क संकलन हुने गर्दछ ।

असार महीना आर्थिक वर्षको अन्तिम महीना भएकाले आर्थिक गतिविधि बढी हुने गर्छ । विभिन्न लक्ष्य पूरा गर्न अभिकर्ताहरूले यो समयमा बढी मेहनत गर्छन् । अधिकांश बीमालेखको नवीकरण गर्ने समय पनि यही बेला पर्छ । त्यही कारण यो महीनामा उच्च मात्रामा बीमाशुल्क संकलन भएको कम्पनीहरू बताउँछन् ।

आर्थिक मन्दीकोे लहरका कारण जेठसम्म जीवन बीमा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, असारमा भने जीवन बीमा व्यवसाय उत्साहजनक भएको तथ्यांकले देखाएको छ ।असार मसान्तसम्ममा निर्जिवन बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। जीवन बीमातर्फ भने नेपाल लाइफ नै अग्रस्थामा रहेको छ।

टप ६ को लिष्टमा भने यो बर्ष मर्जर भएका कम्पनी उत्रिएका छन् । मर्जरपछि यसअघि टप थी्रमा रहेका कम्पनीलाई टक्कर दिने अवस्थामा मर्जरमा गएका कम्पनीहरु पुगेका छन् ।विगतका दिनदेखि सर्वाधिकको लिष्टमा कारोबार गर्दे आएका कम्पनीहरुको टक्करमा आएको सपष्ट तथ्यांकमा देख्न सकिन्छ ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत आवमा जीवन बीमा व्यवसाय सन्तोषजनक रहेको बताए ।बीमा कम्पनीहरुको मर्जरको कारण कार्यालय सङख्या र कर्मचारी सङख्या घटेसँगै हतोत्साहित भएको देखिन्छ।

बीमा प्राधिकरणले लिएको लक्ष्य अनुसार बीमा व्यवसाय हुन नसकेपछि सम्रगमा सन्तोषजनक नै रहेको उनले बीमापोष्टलाई बताए ।

‘गत आवमा पनि आर्थिक मन्दीको दोस्रो लहरले बीमा व्यवसाय केही प्रभावित बनाउने काम भएको थियो । त्यसैले गत आवमा उत्साहजनक बीमा व्यवसाय भएको देखिएन,’ मर्जरमा गएका कम्पनीहरुको वित्तिय अवस्था पनि स्वास्थ्य भएको कारण पनि व्यवसाय सुधीदै गएको देखिन्छ । उनले भने, ‘यस व्यवसायलाई सन्तोषजनक रूपमा नै लिनुपर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*