सिटिजन, रिलायबल र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

९ श्रावण २०८०, मंगलवार १७:१८

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ९ गते) साझ ५ः४ मिनेटसम्ममा १९ हजार ८२६ जनाबाट १२ लाख ६८ हजार ७० कित्ता बराबर ३० करोड ३० लाख ६८ हजार रुपैयाँको आवेदन परेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ९ गते) साझ ५ः४ बजेसम्ममा २५ हजार ५९४ जनाबाट १८ लाख ५२ हजार ५३० कित्ता बराबर ४७ करोड ६१ लाख रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ९ गते) साझ ५ः४ बजेसम्ममा २१ हजार ३८५ जनाबाट १५ लाख १ हजार ३९० कित्ता बराबर ३६ करोड ६३ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*