एलआईसी नेपालको २०औं वार्षिक साधारणसभाको समय परिवर्तन

१० श्रावण २०८०, बुधबार १४:१६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले २०औं वार्षिक साधारण सभाको समय परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै समय परिवर्तन भएको जानकारी दिएको हो ।

कम्पनीले वार्षिक साधारणसभाको समय परिर्वन गरी साउन १७ गते (बुधबार) अपरान्ह १२ः१५ बजे बस्ने निर्णय गरेको छ । कम्पनीले यसअघि साउन १७ गते (बुधबार) अपरान्ह ४ बजे बोलाएको थियो ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार साउन ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*