लघुवित्त विरुद्धमा सम्झौताहिन आन्दोलनमा मनिराम ज्ञवाली, हजारौं पीडितहरु दैनिक आन्दोलन गर्दै (भिडियोसहित)

राजन कठायत
१० श्रावण २०८०, बुधबार १८:४०

काठमाडौं । सरकारले ग्रामीण क्षेत्रका विकास र उद्यमशिलताको लागि ल्याएको लघुवित्त नीति अहिले आम सर्वसाधारणले नै आफ्ना लागि घाँडो भएको भन्दै पीडितहरुले विगत दुई सातादेखि राजधानी काठमाडौंमा धर्ना र आन्दोलन जारी राखेका छन् ।

वित्तीय संस्था अन्तर्गत घ बर्गका लघुवित्तहरुले गाउँ गाउँमा न्यून आय भएका जनतालाई शोषण गरेको भन्दै अभियान्ता मनिराम ज्ञवाली आमरण अनसनमा बसेका छन् भने अन्य हजारौं अभियान्ताहरु काठमाडौंको माइतीघरमा आन्दोलनरत रहेका छन् ।

लघुवित्त तथा वित्तीय शोषणको विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञावली माइतीघर मण्डलामा अनसनमा बसेको आज १४ औं दिन हो । उनीसहितका देशभरीका दर्जनौं लघुवित्त पीडितहरु माइतीघर मण्डलामा आमरण अनशन बसेका छन् । उनीहरु वर्षातमा पनि घाम पानी नभनीकन आमरण अनसनमा बसेका छन् । सरकारले उनीहरुसँग पटक–पटक विभिन्न मितिमा सम्झौता गरेर पनि कार्यन्वयन नगरेपछि उनीहरू आमरण अनशनमा बसेका छन् ।

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञावलीले अनसन स्थलबाटै गम्भिर अवस्थामा बीमापोष्टसँग भने ‘लघुवित्त संस्थाहरुलाई खारेज गरी कार्वाही नगरेसम्म आन्दोलन जारी रहनेछ ।’

उनले राष्ट्र बैंक माहतत रहेका सम्पुर्ण लघुवित्तहरुको लाइसेन्स खारेज गरी पीडित मदेस प्रदेश तथा सुदुर पहाडका लघुवित्त पिडितको ऋण मिनाहा गर्न माग गरेका छन् । उनले सरकारसँग आफ्नो माग पुरा नभएसम्म आफु आमरण अनशनमा बसीरहने र ज्यान रहेसँम्म सम्पुर्ण लघुवित्त पिडित महिलाहरुलाई न्याय दिलाएरै छोड्ने बताए ।

 

 

One thought on “लघुवित्त विरुद्धमा सम्झौताहिन आन्दोलनमा मनिराम ज्ञवाली, हजारौं पीडितहरु दैनिक आन्दोलन गर्दै (भिडियोसहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*