दाबी भुक्तानीमा सहजता ल्याउन र उधारो बीमा नगर्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

१० श्रावण २०८०, बुधबार २०:०६

काठमाडौं। नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय सुर्खेतले प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा बीमकका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तर्क्रिरया कार्यक्रम गरेको छ ।

छलफलमा कर्णाली प्रदेशमा बीमाक्षेत्रको अवस्था, भोग्नुपरेको समस्या, कर्णाली प्रदेशमा बीमाक्षेत्रमा रहेका प्रमुख चुनौतिहरुको बारेमा छलफल भएको थियो ।कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रको विकासमा प्राधिकरण द्रुत गतिमा लागेको तथा प्राधिकरणको प्रदेश कार्यालयले बीमक, बीमित तथा प्राधिकरणको नीति निर्माणमा समेत महत्वपुर्ण समन्वय गरिरहेको बताएका छन् ।

यसका साथै बीमा क्षेत्रको विश्वसनियता वृद्धिमा बीमकहरु आफैं सचेत हुनुपर्ने बताउदै सुशासन कायम गर्दै स्वस्थ प्रतिष्पर्धा गर्न, दाबी भुक्तानीमा सहजता ल्याउन तथा उधारो बीमा नगर्न बीमकका प्रदेश प्रमुखहरुलाई निर्देशन गर्दै पौडेलले बीमा ऐन, बीमा नियमावली तथा प्राधिकरणले जारी गरेको निर्देशिकाहरुको विपरित बीमा गरेमा प्राधिकरणको प्रदेश कार्यालयलाई समेत कारबाही गर्ने अधिकार रहेको हुदाँ नियम कानूनको अक्षरशः पालना गर्न समेत निर्देशन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*