जन्मदिनको अवसरमा श्रेष्ठले दिए छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

११ श्रावण २०८०, बिहीबार ११:५४

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

सोही कुरालाई आत्मशाथ गर्दै भरतपुर–११,कोलटाडी, चितवन निवासी प्रकाश श्रेष्ठले आफ्नो छोरा पवन श्रेष्ठलाई जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको रिलायबल सुलभ बाल जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

उनले कम्पनीको हाकिम चोक शाखा कार्यालयबाट बीमा पोलिसी गरेको कम्पनीले बताएको छ । उक्त बीमा पोलिसी हस्तान्तरण कार्यालयमा कम्पनीका सिनिएर एजेन्सी मेनेजर बिष्णु कुमारी कुँवर र हाकिमचोक शाखा प्रमुख राज कुमार दाहालको सहभागि रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*