रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न

१४ श्रावण २०८०, आईतवार १८:३१

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज अपरान्ह शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल २७ हजार १ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये २७ हजार १ सय ४४ जनाको मात्र आवेदन भेरिफई भएको क्यापिटलले जनाएको छ । आवेदन दिएका सबैले शेयर पाएका छन् ।

बाँडफाँड मोडल अनुसार ५० कित्ताबसम्मको लागि आवेदन दिने १० हजार ९ सय ९९ जनले माग गरे बमोजिम कै शेयर पाएका छन् । ६० कित्ता देखि ५४ सय कितातसम्मको लागि आवेदन दिने १६ हजार १ सय ४५ जनाले पनि ५० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै ६० देखि ५४ सय कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर ८ हजार ४ सय २९ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ६० कित्ता शेयर पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*