आइएमई लाइफको कोशी प्रदेशद्वारा धरान उपमहानगरपालिकामा एक हजार वृक्षारोपण

१५ श्रावण २०८०, सोमबार ०९:३०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा १ हजार विरुवा प्रदान गरेको छ ।

आइएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले हिजो साउन १३ गते मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागिता जनाउँदै विरुवा प्रदान गरेका हुन् । उनीहरुले मेयर साम्पाङको उक्त अभियानमा सहयोग पुगोस भन्ने हेतुले विरुवा प्रदान गरेको बताए । हिजो आईएमई लाइफको कोशी प्रदेशका २ सयभन्दा बढीले उक्त अभियानमा श्रम दान गरेका हुन् ।

उक्त अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको थियो । देशमा हुने विकासको गतिविधीहरुमा आइएमई लाइफले सहयोग गर्दै सहभागिता जनाउँदै आइरहेको छ र आगामी दिनमा पनि यस्तो विभिन्न क्रियाकलापहरुमा सहभागिता हुने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*