गत आर्थिक बर्षमा धेरै व्यवसाय गर्ने नेपालका ‘टप टेन’ बीमा कम्पनी (तथ्यांक सहित)

मर्जरमा गएका कम्पनीहरु प्रतिस्पर्धामा उत्रिदै
१५ श्रावण २०८०, सोमबार १४:०३

काठमाडौं । मर्जरपछि बीमा कम्पनीहरुको सङख्या घटेको छ । मर्जरपछि बीमा कम्पनीहरु वित्तिय रुपमा अझै मजबुत बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्ममा निर्जिवन बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। त्यस्तै, जीवन बीमातर्फ नेपाल लाइफ नै अग्रस्थानमा रहेका छ । यी कम्पनीहरु सदाबहार अग्रस्थानमा रह्दै आएका कम्पनीहरु हुन् ।

जीवन बीमातर्फ नेपाल लाइफ टप वानबाट पछाडि फर्केर आजसम्म हेर्ने परेको छैन भने निर्जिवन बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी पर्दछ ।

निर्जिवन बीमा कम्पनीको टप १० कम्पनी

चालु आर्थिक बर्षको असार मसान्तसम्ममा निर्जिवन बीमातर्फ अग्रस्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमाससम्म्मा ५ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमाससम्मा ४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा उक्लिन सफल भएको छ। मर्जरपछि कम्पनीको व्यवसाय थप मजबुत बन्दै गएको तथ्यांकले देखाएको छ।कम्पनीले यस त्रैमासको अवधिसम्मा ४ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, युनाईटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ४२ करोड रुपैयाँ, आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ र हिमालयन एभरेष्टले ३ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ र सानिमा जिआईसीले २ अर्ब ३२ करोड रुपेयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छन् ।

 

जीवन बीमातर्फ टप १० कम्पनी

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्मामा पनि टप थी्र मा नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपाल ने अग्रस्थानमा रह्न सफल भएको छ ।

नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले असार मसान्तसम्ममा ३७ अर्ब १६ करोड रुपैयाँ, एलआईसी नेपालले १७ अर्ब ७६ करोड रुपैयाँ र नेशनल लाइफले १६ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै,साविकको युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफ मिलेर एक बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।
त्यस्तै, साविकको सूर्या लाइफ र ज्योति लाइफ मिलेर बनेको सूर्या ज्योति लाइफले असार मसान्तसम्ममा ८ अर्ब ८१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्था टप छ मा उत्रिएको छ। संस्थानले बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजि पुराएर चाडौ नै दोस्रो बजारमा समेत प्रवेश गर्दैछ ।कम्पनीले असारमसान्तसम्म्मा ८ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, हकप्रद शेयर जारी गरेर पुँजि पुराउन लागेको एशियन लाइफले यस अवधिसमम्मा ७ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
आइपीओ जारी गरेर पुँजि पुराउन लागेको सिटिजन लाइफ पनि बीमा व्यवसायमा प्रतिस्पर्धीको रुपमा देखिएको छ। कम्पनीले यस त्रैमासको अवधिसम्मा ५ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

गत आर्थिक बर्षमा मर्जरमा गएको सानिमा रिलायन्स लाइफले यस त्रैमासको अवधिसम्मा ५ अर्ब ६३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, टप टेनको अन्तिम लिष्टमा विदेशी शाखा कार्यालयको रुपमा काम गर्दै आएको मेट लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले असारमसान्तसम्मा ५ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*