आइएमई लाइफको एजेन्सी स्टार कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान

१५ श्रावण २०८०, सोमबार १८:०८

काठमाडौं । आईएमई लाइफ अन्तर्गत साधुटार एजेन्सीको एजेन्सी स्टार कार्यक्रम साउन १३ गते सम्पन्न भएको हो ।विर्तामोड शाखा प्रमुख महेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा फिक्कल शाखा प्रमुख हरि मिश्र, एमडीआरटी नगेन्द्र श्रेष्ठ र हरि शरण सम्सालको समेत उपस्थिति रहेको थियो ।

अर्जुनधारा वडा नं. १ शान्तीचोकमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ५ लिडरहरु सन्जिब सिग्देल, अम्बिका अधिकारी, रितादेवी कडरिया र उषा पौडेललाई सम्मान समेत गरिएको थियो ।कार्यक्रमको बिजेता मनाास्लु क्लब भएको थियो । साथै हेम बहादुर लम्साल, अर्जुन सिग्देल, सम्झना कोईराला, सिग्देल कलिका सुब्बा, छायाँ कुमारी बि.क र भुमिका पुलामी मगर नयाँ एजेन्सी म्यानेजरमा नियुक्त भएका छन् ।

साथै, कार्यक्रममा सन्जिब सिग्देल, उषा पौड्याल र लुनादेवी पोख्रेल स्टार अफ द डे घोषित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*