एलआइसी नेपालको बार्षिक साधारण सभा भोलि, लगानीकर्ताको हात खाली

१६ श्रावण २०८०, मंगलवार ०७:२७

एलआइसी नेपाल को बार्षिक साधारण सभा भोलि बस्दैछ । सभा मध्यान्ह १२ः१५ बजे बस्नेछ ।
यस कम्पनीले २० औं सभा डाकेको हो । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

सभामा ४।६५प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते बुक क्लोज गरिसकेको छ । साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*