चितवनको सौराहामा नेपाल लाइफको बिजनेश एक्सिलेन्स कन्फ्रेन्स जारी, भोलिबाट झनै बृहद सम्मेलन सुरु हुँदै

१७ श्रावण २०८०, बुधबार १४:५०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सिलेन्स कन्फ्रेन्स चितवनका सौराहामा यही साउन १५ गतदेखि सुरु भई आजसम्म जारी छ । पहलो चरणको बिजनेश कन्फ्रेन्स आज सकिने छ भने आजैबाट पुनः दोस्रो चरणको कन्फ्रेन्स सुरु हुनेछ ।

पहिलो चरणमा उत्कृष्ट ५० शाखाका प्रमुखहरु, उत्कृष्ट व्यक्तिगत कोडमा व्यवसाय गर्ने ८३ जना सिनियर एजेन्सीहरु र ५० जना उत्कृष्ट व्यवसाय गर्ने टिम लिडरसहित कूल १३३ जना एजेन्सीहरु सम्मिलित बिजनेश कन्फ्रेन्स भव्य रुपमा अघि बढिरहेको छ ।

कम्पनीका सञ्चालकहरु कमलेश कुमार अग्रवाल, कृष्ण प्रसाद लामिछाने, शक्ति गोल्यान र बिमल ढकाल सहभागी भएर शाखा प्रमुख तथा एजेन्सीहरुको मनोबल बृद्धि गरिरहेका छन् । त्यस्तै, कम्पनीका सिईओ प्रविरण रमन पराजुली, डेपुटी सिईओ उमापति पोखरेल सम्मिलित व्यवस्थापन टिम विगत तीन दिनदेखि दीर्घकालिन व्यवसाय रणनीति बनाउने महा कुम्भ भेलामा जुटिरहेका छन् ।

कम्पनीले उत्कृष्ट व्यवसाय गर्ने शाखा प्रमुख तथा एजेन्सीहरु सम्मान तथा पुनर्ताजगी तालिम प्रदान गरिरहेको छ । कम्पनीले आजैबाट सम्पर्कमा आएका देशैभरिका उत्कृष्ट एजेन्सी तथा १८६ शाखा तथा उपशाखा प्रमुखहरुलाई राखेर नयाँ व्यवसाय रणनीतिसहित भव्य कार्यक्रम गर्नेछ ।

देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले प्रदेश प्रमुख, शाखा प्रमुख, उपशाखा प्रमुख, क्षेत्रीय प्रमुखहरुलाई भेला पारेर व्यवस्थापन तथा सञ्चालकहरु सम्मिलित कार्यक्रम आयोजना गरी आक्रामक व्यवसाय रणनीति तयार पारी परिचालन गर्नेछ । चितवनको पाँच तारे होटल सोल्टीमा सुरु हुने कार्यक्रमले नेपाल लाइफलाई पहिलो नम्वरमा रहने गरी व्यवसाय रणनीति गरेर अघि बढ्न हौसला प्रदान गर्नेछ ।

 

 

One thought on “चितवनको सौराहामा नेपाल लाइफको बिजनेश एक्सिलेन्स कन्फ्रेन्स जारी, भोलिबाट झनै बृहद सम्मेलन सुरु हुँदै

  1. चन्द्रकला कार्की says:

    आगामी दिन मा पनि उतर उतर प्रगति को शुभकामना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*