साविक ज्योति लाइफले आफनो मुनाफाको रकम जगेडा कोषमा जम्मा गर्ने

१७ श्रावण २०८०, बुधबार १७:४५

काठमाडौं। मर्जरपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफनो मुनाफाको रकम जगेडा कोषमा रकम जम्मा गर्ने भएको छ।कम्पनीको आज बसेको बैठकले साबिक ज्योति लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७९र८०को साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय विवरणअनुसार मुनाफामा रहेको उक्त मुनाफाको रकम जगेडा कोषमा राख्ने भएको छ।

आज बसेको बैठकले साबिक ज्योति लाइफको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफमा समायोजन गर्ने निर्णय पनि गरेको छ।साबिक ज्योति लाइफ सूर्य लाइफसँग मर्जर गरी हाल एकिकृत कारोबार गरिरहेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*