नेशनल लाइफको कलंकी शाखा प्रमुख आरसी घिमिरे बने बेस्ट म्यानेजर

१८ श्रावण २०८०, बिहीबार १६:१९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका कलंकी शाखा प्रमुख आरसी घिमिरे बेस्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा आयोजना गरेको एन्युअल बिजनेस लिडर्स कन्क्लेभ कार्यक्रममा घिमिरे सम्मानित भएका हुन् । कम्पनीले विभिन्न विधामा उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शाखा प्रमुख घिमिरेलाई प्रमाणपत्र सहित समान गरेका हुन् । कलंकी शाखा प्रमुख घिमिरे गत आर्थिक वर्षमा पनि उत्कृष्टको अवार्ड पाउने व्यक्ति हुन् ।

काठमाडौं उपत्यकाको कलंकी शाखा प्रमुखमा उनी कार्यरत रहेका छन् । ऐजेन्सी म्यानेजर, बीमा अभिकर्ता र कर्मचारीसँग नम्र ब्यवहार गर्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका उनी सफल म्यानेजरको उपाधि पाएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*