नेशनल लाइफको प्रथम बीमाशुल्क आर्जनमा उत्कृष्ट बन्यो काठमाडौं शाखा

१८ श्रावण २०८०, बिहीबार १७:३९

काठमडौं । प्रथम बीमाशुल्क आर्जनमा उत्कृष्ट काठमाडौं शाखा कार्यालय बनेको छ।नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौं शाखा प्रथम बीमा शुल्क संकलनको आधारमा उत्कुष्ट घोषित भएको हो । शाखा प्रमुख जयराम धितालले पुरस्कार तथा सम्मान प्राप्त गरेका हुन् ।

आव २०७९।८० मा नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुले भन्दा उत्कृष्ट टार्गेट पुर्याएकाले कार्यालय उत्कृष्ट प्रथम अवार्डबाट सम्मानित भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शाखा प्रमुख धिताललाई प्रमाणपत्र सहित समान गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*