आइएमई लाइफको शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा हुँदा पनि देखियो लगानीकर्तामा अन्यौलता, यस्तो छ कारण

१९ श्रावण २०८०, शुक्रबार ११:१२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको शेयर सम्बन्धित शेयरधनीको खातामा आईसकेको छ। कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६.९१ रुपैयाँमा सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।शेयर निष्काशन गर्दा प्रिमियम थपेर थपेर निष्काशन गरेको भए पनि खातामा भने प्रति कित्ता १ सय रुपैयाको दरले १ हजार रुपैयाँ मात्र आएपछि भने सर्वसाधारण लगानीकर्ताहरुमा अन्यौलता सिर्जना भएको छ।

सामाजिक सञ्जालभरि आइएमई लाइफको शेयरमा कम्पनीले १३६० रुपैयाँ खाएको आरोप लगाइएको छ भने कसैले २३६० रुपैयाँ खर्च गर्दा पनि १ हजार मात्रै देखाएको किन होला भन्दै प्रश्न उठाएका छन् ।लगानीकर्ताहरुमा के भ्रम छ भने प्रिमियममा आइपीओ भर्दा १० कित्ता पार्न २३६९ रुपैयाँ खर्च भएको हुँदा डिम्याट खातामा त्यति नै रुपैयाँ देखाउनु पर्नेमा किन १ हजार रुपैयाँ मात्रै देखायो भन्ने नै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको जिज्ञाशा रहेको छ ।

वास्तवमा आइपीओमा परेको शेयर पहिलोपटक सूचीकृत हुँदा अंकित मूल्यको आधारमा डिम्याट खातामा देखाउने गरिन्छ । जतिसुकै प्रिमियम तिरेर आइपीओ भरेको भए पनि प्रति कित्ता अंकित मूल्य १ सय गुणा १० कै आधारमा डिम्याटमा देखिने हो । वास्तवमा आईएमई लाइफ इन्स्योरेन्सको शेयर डिम्याट आउँदा भएको त्यही हो । सेकेन्डरी मार्केटमा किन्दा भने जुन मूल्यमा शेयर किनेको हो, त्यही आधारमा डिम्याटमा देखिन्छ ।

बुधबार लगानीकर्ताको डिम्याट खातामा आइसकेपछि आईएमई लाइफ इन्स्योरेन्सको शेयर बिहीबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ र आइतबारबाट कम्पनीको शेयर कारोबार हुनेछ।

आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई ‘आईएलआई’ कोड प्रदान गरिएको छ भने नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*