नेशनल लाइफको ललितपुर शाखा उत्कृष्ट दोस्रो स्थानमा, सीईओ खत्रीद्वारा सम्मानित

१९ श्रावण २०८०, शुक्रबार ११:४७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडका नेपाल अधिराज्य भरीका शाखा कार्यालयहरुमध्ये ललितपुर शाखाले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा प्रथम बीमा शुल्क संकलनको आधारमा ललितपुर शाखा कार्यालय उत्कृष्ट–दोस्रो स्थान ओगट्न सफल भएको हो । नेशनल लाइफ इन्स्योरेन्सले यही साउन १८ गतेदेखि पोखरामा सुरु गरेको बिजनेश एक्सिलेन्स कन्फ्रेन्समा ललितपुर शाखालाई सम्मान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शाखा कार्यालयलाई सम्मान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*