अर्काे साता सन नेपाल लाइफको आईपीओ बाँडफाँड हुदै, सबैले शेयर पाउने

१९ श्रावण २०८०, शुक्रबार १५:१३

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ साउन १ गतेदेखि १५ गतेसम्म बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धकमा रहेको नेपाल एसबिआई मर्चेन्ट बैंकले आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १०० अंकित मूल्यमा १३९ रुपैैयाँ थपेर २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको थियो कम्पनीले सोही शेयर सोमबार बाँडफाँड गर्न तयारी थालेको हो ।

कम्पनीको आइपीओमा २८ हजार ७४१ जनाले ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको १८ लाख १७ हजार ४५० कित्ताको आवेदन दिएका थिए । जुन कम्पनीले बैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरेको शेयरभन्दा १.८१ गुणा बढी हो ।

कम्पनीको शेयरभन्दा बढी आवेदन परेपछि शेयर वितरण गोला प्रथाबाट गरिने भएको हो । जसअनुसार बसै आवेदकले न्यूनतम ३० कित्ताका दरले शेयर पाउने देखिन्छ । कम्पनीले जारी पुँजि ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबराको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो र बाँकी ८६ लाख ४० हजार कित्ता शेयर कम्पनीले म्युचुअल फण्ड, कर्मचारी र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*