साउन २३ गतेदेखि रिलायबल लाइफको प्रिमियम आईपीओ खुला हुदै

१९ श्रावण २०८०, शुक्रबार १५:५०

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजिको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि खुल्ला गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता शेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुलाएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताको लागि आवेदन दिन सकिनेछ । आवेदन २३ गतेदेखि २६ गतेसम्म दिन सकिने छ । तोकिएको समयावधिभित्र शेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*