कारोबारको पहिलो दिनमै आइएमई लाइफको शेयरमा सकारात्मक सर्किट, कतिमा हुदैछ किनबेच ?

२१ श्रावण २०८०, आईतवार ११:५३

काठमाडौं । कारोबारको पहिलो दिनमै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आजदेखि दोस्रो बजारमा कारोबार भएको कम्पनीको शेयर प्रतिकित्ता ५२.९० रुपैयाँले बढेर ५८२ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेप्सेमा आइएमई लाइफको गत शुक्रबार १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको थियो । जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता (३० प्रतिशत) छन्।

नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा ५२९.५९ रुपैयाँ तोकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*