जन्मदिनको अवसरमा छोरीलाई आईएमई लाइफको बीमा पोलिसी उपहार

२१ श्रावण २०८०, आईतवार १३:४५

काठमाडौं । तुलसीपुर सिटीका महासचिव एवम् शर्मा शपिङ्ग सेन्टरका संचालक रुपेश शर्माले छोरीलाई जन्मदिनको अवसरमा आईएमई लाइफको बीमा पोलिसी उपहार दिएका छन् ।

शर्माले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी १५ लाखको बीमा पोलिसी उपहार दिएका हुन् । भविष्यमा आउने आर्थिक व्यवस्थापन र हुन सक्ने संकटलाई समाधान गर्न हसज होस् भनेर बीमा पोलिसी उपहार दिएको शर्माले बताएका छन् ।

छोरीको उच्च शिक्षामा सहजता र उज्ज्वल भविष्यको कामनासहित छोरीलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन् । जीवनमा लक्ष्य प्राप्तिका लागि भविष्यमा छोराछोरीलाई आर्थिक संकट नआओस् भनेर यस्तो कामको सुरुवात सबैले गर्नुपर्ने कम्पनीका अभिकर्ता किरण पुनले बताए ।

साथै, राज्यले प्रत्येक नागरीकको बीमा अनिवार्य हुनुपर्ने प्रावधान ल्याएमा नागरिक र राज्यलाई थप सम्वृद्धिको आधार तिर लैजान सकिने आईएमई लाइफ तुलसीपुरका शाखा प्रमुख हिमाल खड्काले उल्लेख गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*