आइएमई लाइफले छैटौं वार्षिकोत्सव भव्यताका साथ मनाउदै, सामाजिक उत्तरदायित्व विभिन्न कार्यक्रम संचालन

२१ श्रावण २०८०, आईतवार १८:०५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा श्रावण २० गते शनिबार देशका छवटा प्रदेशमा रहेका मानव सेवा आश्रम, बृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिहरु गरेको छ ।

कोशी प्रदेशमा बिर्तामोड र बिराटनगर शाखाबाट परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सन्चालित हाम्रो साझा घरमा रहेका ४० जनाभन्दा बढी बृद्ध बृद्धालाई झुल तथा खाद्यान्न सामाग्री बितरण गरेको छ ।
उक्त कार्यक्रम १०० जनाभन्दा बढीको उपस्थितिका बिच सम्पन्न भएको थियो । मधेश प्रदेशमा बीरगन्ज र हरिवन शाखाबाट मानव सेवा आश्रम हरिवन र वीरगन्जमा क्रमश खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

वागमती प्रदेशबाट काठमाडौंको सोह्रखुट्टेस्थित असहाय जेष्ठ नागरिक आश्रम तथा भतmपुरको मानव कल्याण समाज सेवा घर तथा नारायणघाट शाखाबाट चितवन मानव सेवा आश्रममा सरसफाइका सामाग्री हस्तान्तरण र खाजा खुवाउने कार्यक्रम गरिएको थियो ।

त्यसैगरी गण्डकी प्रदेशबाट बाग्लुङ शाखाले बाग्लुङ मानव सेवा आश्रममा बसेका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई भोजन सहयोग गरेको थियो । वालिङ शाखाले श्री शिव पार्वती बृद्धाश्रम, राम्दिमा रहेका बृद्धहरुकालागि फलफूल, नगद र सिलिङ्ग पंखा वितरण गरेको थियो।

त्यसैगरि दमौली शाखाबाट उज्यालो मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको थियो । कर्णालि प्रदेशबाट नेपाल बीमा प्राधिकरण प्रदेश प्रमुख श्री पदम सोडारीको उपस्थितिमा बादि सरोकार मन्च, सुर्खेतलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

उक्त मन्च अन्तर्गत आश्रममा एक सय दश जना लोपोन्मुख बादि जातिका बाल विद्यार्थीहरु बस्ने गर्छन् । सुदुर पश्चिम प्रदेश अन्तर्गतको धनगढी शाखाले आमाको माया छात्रावासमा अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रम गरेको थियो । लम्की शाखाले बौनिया स्थित सहारा घरमा भोजन वितरण गरेका छ भने बाजुरा शाखामा पनि बालआश्रममा भोजन वितरण गरेको छ ।

उक्त कार्यक्रमहरुको समापनमा सम्पूर्ण कर्मचारीहरुलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरुले समाजमा सकारात्मक सोचको विकास गर्ने तथा सामाजिक उत्तरदायित्व निभाउन कम्पनी सदैव तत्पर रहने कुरा बताएका छन् ।

छैटौं वार्षिकोत्सव अन्तर्गत कम्पनीले आगामी दिनमा देशैभर स्वास्थ्य शिविर, युवाहरुलाई वित्तिय सशक्तिकरण तालिम तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने कार्यक्रमहरु पनि अघि बढाईरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*