सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, आवेदकले ५० कित्तासम्म पाए शेयर

२२ श्रावण २०८०, सोमबार १३:०६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा आज सम्पन्न भएको हो ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशनमा ल्याएको उक्त शेयर सोमबार बाँडफाँट भएको हो ।

कम्पनीले बदेशिक रोजगारीका लागि श्रम स्वीमृति लिएर विदेश गएका २७ लाख ९०५ जना नेपालीहरुले कम्पनीको आईपीओ आवेदन दिएको थियो । त्यसमध्ये ४ जनाको आवेदन रद्ध भएर २७ हजार ९०१ आवेदकको योग्य आवेदन परेको छ ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये १० देखि ४० कित्ताा सम्म आवेदन दिएका ९ हजार ७४ जनाले माग अनुसार शेयर पाएका छन् । उनीहरुलाई १ लाख ९० हजार ४६० कित्ता शेयर वितरण गरीएको छ ।

यस्तै ५० कित्ता देखि ३ हजार कित्तासम्म आवेदन दिएका १८ हजार ८२७ जना आवेदकले पनि न्युनतम ४० कित्ताका दरले ७ लाख ५३ हजार ८० कित्ता शेयर वितरण गरेका छन् ।

त्यसपश्चात बाँकी रहेको १६ हजार २८० कित्ता शेयर भने ५० कित्तादेखि ३ हजारसम्म आवेदन गर्ने भाग्यमानी १ हजार ६२८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । त्यस अनुसार आइपीओ आवेदन दिएका लगानीकर्ताहरुले ५० कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

बाँकी रहेको ८६ लाख ४० लाख कित्ता शेयर म्युचुअल फण्ड, कर्मचारी र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*