सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न, ५० कित्ताका दरले शेयर पाए

२२ श्रावण २०८०, सोमबार १७:३०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआइएमबी एस क्यापिटलमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो ।

आइपीओमा २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकको आवेदन रद्द गरिएको छ। कूल २७ हजार ६ सय २८ जनाको आवेदन योग्य छ ।
कम्पनीको आइपीओमा न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८ सय ८५ आवेदकहरुलाई माग बमोजिम शेयर पाएका छन् । त्यस्तै ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुले ४० कित्ताका दरले शेयर पाएका छन् ।

त्यसैगरी ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ जनालाई गोलाप्रथामा समावेश गराई १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।
यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्ताका दरले शेयर पाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*