एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने

२३ श्रावण २०८०, मंगलवार ११:२८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाइने भएको छ ।

कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि खुला जारी गरेको ९६ लाख कित्ता आईपीओ एनएमबि बैंकबाट निःशुल्क भर्न सकिने व्यवस्था गरिएको हो ।

साथै, डिम्याट तथा मेरो शेयर खाता २४ घण्टाभित्रै उपलब्ध गराइने, आफूलगायत परिवारको डिम्याट तथा मेरो शेयर खाता २४ घण्टाभित्रै खोल्न सकिने, इसेवा, खल्ति र कनेक्ट आईपीएस मार्फत अनलाइनबाटै नवीकरण गर्न सकिने, घरमै बसी शेयर कारोबार गर्न सकिने सुविधा समेत बैंकले उपलब्ध गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*