म्यूनिख रि फाउण्डेशनले ‘अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन २०२४’ नेपालमा गर्ने, प्रारम्भिक छलफल गर्न उपाध्यक्ष रेनहार्डको टोली काठमाडौंमा

२४ श्रावण २०८०, बुधबार ०९:३९

काठमाडौं । म्युनिख रि फाउण्डेशनले प्रत्येक वर्ष गर्दै आएको ‘अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन’ आगामी वर्ष नेपालमा गर्ने भएको छ । यस वर्ष अफ्रिकी मुलुक घानामा अक्टोबर २३ देखि २७ सम्म हुन लागेको सम्मेलनको सन् २०२४ को संस्करण नेपालमा आयोजन गर्न पूर्व तयारीको लागि म्यूनिख रि फाउण्डेशनको टोली काठमाडौं आईपुगेको छ ।

म्यूनिख रि फाउण्डेशनका उपाध्यक्ष डिर्क रेनहार्डको टोली आगामी वर्षको समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलनबारे छलफल गर्न काठमाडौं आईपुगेको छ । म्यूनिख रि फाउण्डेशनले सन् २०२४ को २० औं अन्तर्राष्ट्रिय सम्मेलन एसियामा गर्ने निर्णय गरिसकेको छ । सो क्रममा नेपालमा गर्नको लागि प्रारम्भिक छलफल गरेको हो ।

प्रारम्भिक रुपमा हिजो गरिएको छलफलमा आगामी वर्ष उक्त अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन (आईसीआईआई २०२४) नेपालमा गर्न सकिने सम्भावना र त्यसको लागि कार्ययोजना बनाउन छलफल भएको सो छलफलमा सहभागी नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले जानकारी दिए ।

 

नेपाल बीमक संघको पहलमा आईसीआईआई २०२४ सम्मेलन नेपालमा गर्ने प्रयास भएको छ । हिजोको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेल, दुई पुनर्बीमा कम्पनीका उच्च अधिकारी तथा अन्य बीमा कम्पनीका सिईओहरुको उपस्थिति रहेको थियो ।

म्युनिख रिले सन् २००५ बाट प्रत्येक वर्ष म्युनिख रि फाउण्डेशनको नाममा अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन गर्दै आएको छ । समावेशी बीमा सम्मेलनमा बीमाको दायरामा ल्याउनुपर्ने तल्ला तहको जनताको पक्षमा छलफल तथा रणनीति तर्जुमा तथा अन्तर्राष्ट्रिय घोषणापत्र जारी हुने गर्दछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*