दोस्रो बजारमा प्रवेश भएदेखि आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियामा लगानीकर्ताको निरन्तर आकर्षण, यस्तो छ कारण

२४ श्रावण २०८०, बुधबार १४:०४

काठमडौं । दोस्रो बजारमा प्रवेश गरेदेखि दुई कम्पनीको शेयरमा निरन्तर लगानीकर्ताहरुको आकर्षण निरन्तर बढीरहेको छ। आज पनि लगानीकर्ताको सर्वाधिक रोजाईमा पर्दै आएको यी दुई कम्पनीको नै खरिदबिक्रि उच्च रहेको छ ।दोस्रो बजारमा आइएमई लाइफको शेयर ५ सय ७३ रुपैयाँमा खरिदबिक्रि भईरहेको छ भने नेपाल रिपब्लिक मिडियाको शेयर ३ सय २ रुपैयाँमा खरिदबिक्रि भईरहेको छ।

आइएमई लाइफको शेयर मूल्य हिजोको तुलनामा भने घटेको देखिएको छ। शेयर मूल्य १५ रपैयाँ ७० पैसाले घटेको देखिएको । कमपनीको शेयर घटेको मौका पारी कम्पनीको शेयरमा लगानीकर्ता सर्वाधिक शेयर खरिदबिक्रिमा अघि बढेको देखिन्छ ।यो सातादेखि दोस्रो बजारमा प्रवेश गरेको कमपनीको शेयर मूल्य ६ सय ४० देखि ५ सय २९ रुपैयाँ सम्म पुगेको थियो ।

त्यस्तै, नेपाल रिपब्लिक मिडियाको शेयर हिजोको तुलनामा ३२ रपैयाँले घटेर ३ सय १ रुपैयाँमा कारोबार हुँदेछ ।कम्पनीको शेयर अधिकतममा ३ सय ५० देखि न्यूनतम ३ सय १ रुपैयाँसम्म कारोबार भएको देखिएको छ।यी दुई कम्पनीबीच सर्वाधिक खरिदबिक्रि हुनुमा एकलाई भने शंकाको बिषयमा हेरीएको छ ।

 

आइएमई लाइफ आफैमा उत्कृष्ट व्यवसाय गर्ने जीवन बीमा कम्पनी हो । कम्पनीको व्यवसायिक ग्रोथ हेर्ने हो भने पनि लोभलाग्दो रहेको छ।

सुरु देखि नै विवादमा आएको नेपाल रिपब्लिक मिडियाको शेयर खरिदबिक्रिमा भने चलखेल भएको शेयर विश्लेषहरुको धारणा रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*