लाभांशको सिजन नजिकियो, उत्कृष्ट लाभांश दिने कम्पनीहरुको लाभांश इतिहास हेरौं

२४ श्रावण २०८०, बुधबार १९:०३

काठमाडौ । लाभांशको सिजन सुरु हुने बेला भईसकेको छ। क्यापिटहरुले भने लाभांश घोषणा गर्न थालिसकेका छन् । अहिले आकर्षक लाभांश दिने कम्पनीमा लगानीकर्ताको ध्यान हुनु स्वभाविक नै हो ।गत आर्थिक वर्षमा सर्वाधिक धेरै लाभांश दिने कम्पनीहरु कुन कु हुन् भन्ने बिषयमा आम लगानीकर्तालाई चासो रहेको हुन्छ ।

तर गएको एक वर्ष मात्रै धेरै लाभांश दिने कम्पनीलाई यस सूचीमा समावेश गरिएको छैन । जसले विगत पाँच बर्षदेखि लाभांश दिँदै आएको कम्पनीहरुबीच अध्ययन गरिएको छ। कुनै समयमा आकर्षक लाभांश दिने लघुवित्त वित्तीय संस्थाहरु अहिले एकदमै कम लाभांश दिने कम्पनी भित्र पर्छन् ।
नेपाल राष्ट्र बैंकको नीतिका कारण उनिहरुले लाभांश दिन पाइरहेका छैनन् । यसरी राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउदा लघुवित्त वित्तीय संस्थाहरु अहिले सर्वाधिक लाभांश दिने कम्पनी अन्तर्गत मुस्किलले पर्छन् ।

दोस्रो बजारमा सर्वाधिक महंगो र सर्वाधिक धेरै लाभांश दिने कम्पनीमा युनिलिभर सधै पहिलो नम्बरमा पर्दै आएको छ । कम्पनीले कहिले पनि बोनस शेयर दिदैन तर पनि कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै हुने गरेको छ । कम्पनीले सर्वाधिक धेरै १२७० प्रतिशतसम्म लाभांश दिएको छ । गत वर्ष पनि कम्पनीले १२१५ प्रतिशत लाभांश दियो । त्यसैले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य पनि यस वर्ष सर्वाधिक धेरै ३९ हजार ९३० रुपैयाँसम्म पुग्यो ।


दोस्रो धेरै आकर्षक लाभांश दिने कम्पनीमा हिमालयन डिष्ट्रिलरी पर्छ । कम्पनीको विगत १० वर्षको लाभांश इतिहास हेर्ने हो भने अधिकतम १०२ प्रतिशतसम्म लाभांश दिदै आएको छ । विगत ६ वर्षदेखि कम्पनी सर्वाधिक धेरै लाभांश दिने टप टेन कम्पनी भित्र पर्दै आएको छ । त्यसैले दोस्रो बजारमा पनि यस वर्ष कम्पनीको शेयर मूल्य ४३२३ रुपैयाँसम्म पुग्यो । अहिले पनि २२४० रुपैयाँ छ ।

तेस्रो धेरै लाभांश दिनेमा उपकार लघुवित्त देखिन्छ तर यसले गएको एक आर्थिक वर्षमा मात्रै लाभांश दिएकाले यसलाई सर्वाधिक धेरै लाभांश दिने कम्पनी अन्तर्गत राखिएको छैन । कम्पनीले गत आर्थिक वर्षमा ६५ प्रतिशत लाभांश दिएको थियो । तर यस वर्ष के गर्छ टुङ्गो छैन । चुक्ता पूँजी भन्दा जगेडा कोष ठुलो भए पनि यस वर्ष कम्पनीको वित्तीय विवरण धेरै खराव छ । खराव कर्जा ५ प्रतिशत भन्दा धेरै रहेकाले बैंकको मुनाफा धेरै एकदमै कम छ ।

त्यसैले तेस्रो धेरै लाभांश दिने कम्पनीको सूचीमा बोटलर्स नेपाल तराइलाई लिइएको छ । कम्पनीले गत वर्ष ७० प्रतिशत लाभांश दिएको थियो । विगतका वर्षमा पनि हेर्ने हो भने सर्वाधिक धेरै १०२ प्रतिशतसम्म दिएको पाइन्छ । बोटलर्स नेपाल बालाजुले पनि राम्रो लाभांश दिए पनि यसले नियमित दिदैन । त्यसैले टप टेन भित्र पर्दैन ।

 

सर्वाधिक धेरै लाभांश दिने चौथो कम्पनीमा नेपाल टेलिकम पर्छ । नेपाल टेलिकमले हरेक वर्ष आकर्षक नगद लाभांश दिदै आएको छ । कम्पनीले गत वर्ष पनि ४० प्रतिशत नगद लाभांश दिएको थियो । विगत १० वर्षको अवधिमा कम्पनीले सर्वाधिक धेरै ५५ प्रतिशतसम्म दिएको पाइन्छ । नेपाल सरकारको आम्दानीको बलियो स्रोतको रुपमा रहेको नेपाल टेलिकमले हरेक वर्ष नगद लाभांशलाई बढि प्राथमिकता दिने गरेको छ ।

 

 

पाँचौ सर्वाधिक धेरै लाभांश वितरण गर्नेमा फर्वार्ड लघुवित्त वित्तीय संस्था पर्छ । कम्पनीले गत वर्ष ३० प्रतिशत लाभांश दिएको थियो । नेपाल राष्ट्र बैंकले जति जुकै कडाइ गर्दा पनि कम्पनीले यति लाभांश दिनु भनेको धेरै राम्रो हो । आगामी दिनमा राष्ट्र बैंकले खुकुलो नीति लिने वित्तीकै यो कम्पनीले धेरै लाभांश दिने सामर्थ्य राख्छ । कम्पनीले विगतका वर्षमा अधिकतम ६५ प्रतिशतसम्म लाभांश दिएको पाइन्छ ।

 

छैठौ धेरै लाभांश दिने कम्पनीमा नविल बैंक रहेको छ । नविल बैंकले हरेक वर्ष आकर्षक लाभांश दिदै आएको छ । गएको वर्षमा पनि कम्पनीले ३० प्रतिशत लाभांश दिएको थियो । विगत १० वर्षको अवधिमा कम्पनीले सर्वाधिक धेरै ६५ प्रतिशतसम्म लाभांश दिएको थियो । यस वर्ष पनि बैंकले गत वर्षको भन्दा कम लाभांश दिने अवस्था छैन ।

 

नेपाल ल्युव आयल लिमिटेडले हरेक वर्ष तुलनात्मक रुपमा आकर्षक लाभांश दिदै आएको छ । कम्पनीले गत वर्ष ३० प्रतिशत लाभांश दिएको थियो । यस भन्दा अघिल्ला वर्षमा पनि राम्रो लाभांश दिदै आएको छ ।

 

आठौ धेरै लाभांश दने कम्पनीमा आरएमडिसी लघुवित्त वित्तीय संस्था पर्छ । कम्पनीले गएको वर्ष २७.३६ प्रतिशत लाभांश दियो । विगत १० वर्षको अवधिमा कम्पनीले दिएको लाभांश हेर्ने हो भने ३१ प्रतिशतसम्म दिएको पाइन्छ । तर कम्पनीको औषत लाभांश २० प्रतिशत भन्दा माथि छ ।

नवौ धेरै लाभांश वितरण गर्नेमा साना किसान लघुवित्त वित्तीय संस्था पर्छन् । कम्पनीले गत वर्ष पनि २७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले हरेक वर्ष २६ प्रतिशत भन्दा माथि लाभांश दिदै आएको छ ।

 

सर्वाधिक धेरै लाभांश दिने १० औ नम्बरमा नागरिक लगानीकोष पर्छ । नगारिक लगानीकोषले गएको वर्ष २६.३१ प्रतिशत लाभांश दिएको थियो । विगत १० वर्षदेखि नै कम्पनीले आकर्षक बोनस शेयर दिदै आएकाले पनि लगानीकर्ताको पहिलो रोजाइमा पर्दै आएको छ । विगत १० वर्षको अवधिमा कम्पनीले सर्वाधिक धेरै ५२ प्रतिशतसम्म लाभांश दिएको थियो ।

यस बाहेक बीमा कम्पनीहरु पनि आकर्षक लाभांश दिने कम्पनी अन्तर्गत पर्छन् । तर समयमा लेखापरीक्षण प्रतिवेदन तयार पार्न नसक्दा र बढो पूँजीका कारण उनिहरुको लाभांश दर घटेको छ । कुनै समयमा आकर्षक लाभांश दिने नेपाल लाइफले अहिले खासै धेरै लाभांश दिन सक्दैन । कम्पनीको पूँजी सर्वाधिक धेरै भएकाले गर्दा लाभांश रकम धेरै भए पनि प्रतिशत भने कम हुँदै गएको छ । त्यस्तै बुटवल पावर, चिलिमे लगायतका आयोजनाले धेरै लाभांश दिदै आए पनि अहिले सर्वाधिक धेरै दिने भित्र पर्दैनन् ।

गत वर्ष महिला लघुवित्तले पहिलो पटक ५० प्रतिशत लाभांश दियो । तर यस वर्ष के गर्छ टुङ्गो छैन । तर कम्पनीले लाभांश दिने सामर्थ्य भने राख्छ । त्यस्तै रिडी पावर कम्पनीले गत वर्ष ४२ प्रतिशतले लाभांश दियो त्यो पनि धेरै वर्ष पछि अवका धेरै वर्षसम्म कम्पनीले लाभांश दिन सक्ने देखिदैन । यसैले गर्दा सर्वाधिक धेरै लाभांश दिने कम्पनी भित्र नराखिएको हो । आधिखोला लघुवित्तले पनि गत वर्ष ३१.५८ प्रतिशत र सिवाइसी नेपालले ३१.५८ प्रतिशत लाभांश दिएको थियो । यिहरुले आगामी वर्षमा पनि यहि हिसावले लाभांश दिदै जान सक्छन् या सक्दैनन् हेर्न बाँकी छ । पहिलो एक दुइ वर्षमा दिएको लाभांशलाई मात्रै हेरेर सर्वाधिक धेरै लाभांश दिने कम्पनी भन्न उचित हुदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*