सूर्यज्योति लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालनमा ल्याउने, के–के चाहिन्छ योग्यता ?
२५ श्रावण २०८०, बिहीबार ११:५१

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा स्वीकृति प्राप्त सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता तालिम सञ्चालनमा ल्याउने भएको छ ।
न्यूनतम एसएलसी वा एसईई तथा सो भन्दा माथिको शैक्षिक योग्यता भएका नेपाली नागरिकहरुले देशभरका सूर्यज्योति लाइफका शाखाहरुमा आव २०८०।८१ को विभिन्न मितिहरुमा हुन गइरहेको तीन दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिममा सहभागी भई स्वरोजगार हुन कम्पनीले आग्रह गरेको छ ।
तालिम लिन इच्छुक जो–कोहीले बीमा प्राधिकरणद्वारा तोकिएको आवश्यक कागजातहरुसहित आफ्नो नजिकको सूर्यज्योति लाइफ कम्पनीको शाखामा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ ।













I like