जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्ब ४२ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)

२५ श्रावण २०८०, बिहीबार १७:०२

काठमाडौं । जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म्मा १ खर्ब ४२ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ।हाल संचालमा जीवन बीमा कम्पनीहरुको १ करोड ४१ लाख ३७ लाख ३ सय २१ वटा बीमा पोलिसी बिक्रि गरेर १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस त्रैमासम्मा अग्रस्थामा नेपाल लाइफ रहेको छ। कम्पनीले असार मसान्तसम्ममा ३७ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा एलआइसी नेपालको १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

तेस्रोमा नेशनल लाइफको १६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

चौथौमा हिमालयन लाइफले १४ अर्ब ८९ करोड रुपैयाँ रहेको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड, एशियन लाइफले ७ अर्ब १ करोड, सिटिजन लाइफले ५ अर्ब ८९ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ मेट लाइफले ५ अर्ब २६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।

त्यस्तै, आइएमई लाइफले ४ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड, सन नेपाल लाइफले ३ अर्ब ७८ करोड, प्रभु लाइफले २ अर्ब ७ करोड र महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*