घरजग्गा बेच्न चाहानुहुन्छ ? यी स्थानको घरजग्गा एशियन लाइफले बोलपत्रद्वारा खरिद गर्दै

२६ श्रावण २०८०, शुक्रबार ११:४८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं तथा ललितपुरमा १.५ रोपनी देखि २ रोपनी क्षेत्रफल सम्मको काठमाडौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर रिङरोडभित्र वा रिङरोडसँग जोडिएको स्थानको घरजग्गा खरिद गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

कम्पनीको उल्लेखित शर्तहरुको अधिनमा रही घरजग्गा बिक्री गर्न इच्छुक जो–कोहीले गोप्य शिलबन्दी बोलपत्रसहित को बिक्री प्रस्ताव कम्पनीको प्रधान कार्यालय एशियन लाइफ भवन, मैतीदेवी, काठमाडौंमा पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*