यो साता कस्तो रह्यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर अवस्था ? एलटीपीसहित

२७ श्रावण २०८०, शनिबार ०९:४४

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । ५ अंकले नेप्से बढेतापनि जीवन बीमा उपसूचक ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचकमा १.२५ प्रतिशतको उछाल आएको छ ।

बिहीबार जीवन बीमा सेक्टरबाट कुल ८ कम्पनी शेयरबजारको कारोबारमा आएका थिए । जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने बाँकीका ५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै निर्जीवन बीमा सेक्टरबाट कुल १२ कम्पनी कारोबारमा आएका छन् ।

बिहीबार जीवन बीमा सेक्टरबाट लाइफ इन्स्योेरेन्स कम्पनीको शेयरकारोबार सर्वाधिक १५१६ रुपैयाँमा कारोबार भएको देखिन्छ भने हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक कम ४५७ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार सानिमा रिलायन्सको शेयरमूल्य सर्वाधिक २.४३ प्रतिशतले बढेको छ भने हिमालयन लाइफको शेयरमूल्य सर्वाधिक १.४९ प्रतिशतले घटेको छ ।

बिहीबार निर्जीवन बीमा सेक्टरबाट राष्ट्रिय बीमा कम्पनीको शेयर सर्वाधिक १५,२६४ रुपैयाँमा कारोाबर भएको छ भने सर्वाधिक कम आईजीआई प्रूडेन्सियलको ५२७ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनीको शेयरमूल्य सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ भने बिहीबार कु्नै पनि निर्जीवन बीमा कम्पनीको शेयरमुल्य घटेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*