हिमालयन लाइफ इन्स्योरेन्सको खुद मुनाफा ४२ प्रतिशतले बढ्यो, व्यवसाय घट्यो

३० श्रावण २०८०, मंगलवार ०९:३१

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासधको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ४२ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बीमा कम्पनीहरुको एकिन मुनाफा भने एक्चुरी भ्यालुएसन पश्चात्पछि मात्रै आउने गर्दछ ।

कम्पनीको खुद बीमा शुल्क आर्जन ४ दशमलव ४६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक बर्षमा ५ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा ५ अर्ब ४५ करोड रुपैयाँमात्रै खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, यस त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष २३ दशमलव २७ प्रतिशतले वृद्धि भएर जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड रुपैयाँ संचित भएको छ।

अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ४२ अर्ब २८ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ५१ दशमलव ६६ प्रतिशतले घट्दै १ अर्ब ६ करोड संचित भएको छ ।

कम्पनीको खुद दाबी भुक्तानी गत आिर्थक बर्षको तुलनामा ५ प्रतिशतले घटेर ५ अर्ब ४५ करोड रुपैयाँको पुगेको छ।

कम्पनीको चुक्ता पूँजी चार प्रतिशतले बढेर ८ अर्ब २ करोड पुगेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*