सर्वसाधारणलाई सन नेपाल लाइफले भोलिदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

३१ श्रावण २०८०, बुधबार ०८:३९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले भोलिदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरी अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले ७६ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

उक्त आइपीओमा लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौं १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपीओ निष्काशन तथा तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

2 thoughts on “सर्वसाधारणलाई सन नेपाल लाइफले भोलिदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

  1. BHUBAN PRASAAD KALAUNI says:

    यसको लागि कुन प्रक्रिया मा जानु पर्छ
    म सन नेपालको अभिकर्ता भएको नाताले कुनै सजिलो प्रक्रिया छ कि?

  2. BHUBAN PRASAAD KALAUNI says:

    What process should I go through for this? As I am an agent of Nepal, is there any easy process?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*