मर्जरपछि वित्तिय सूचकहरुमा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (सूची सहित)

२ भाद्र २०८०, शनिबार १२:१६

काठमाडौं । नेपालको जीवन बीमा इतिहासमा आजसम्मको तथ्यांकलाई हेर्ने हो भने बीमा कम्पनीहरुको कुल सङख्या घटेर १४ पुगेको छ।

नियामक निकायको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

मर्जरपछि एकिकृत कारोबार शुभारम्भ गरेका बीमा कम्पनीहरुको गोथ भने उत्साहजनक भने हुन सकेन ।

साविकको गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफको र सूर्या ज्योति लाइफ बाहेक दुई मर्जरमा गएका कम्पनीहरुको खुद बीमाशुल्क आर्जन र मुनाफा घटेको छ।

एकीकृत कारोबारसँगै बीमा कम्पनीहरु थप बलिया र सुदृढ बन्ने अपेक्षा गरेपनि रिर्पोट भने त्यसको ठिक विपरित आएको बीमा विज्ञहरु बताँउछन्

बीमा कम्पनीहरुको जोखिम बहन गर्न सक्ने क्षमता बढ्नुका साथै सबल र सक्षम हुने रिर्पोट हेर्न अझै तीन चार महिना कुर्नुपर्ने बीमाविज्ञहरु बताँउछन् ।

पुँजी बढाउँदा संस्था बलियो हुने, सञ्चालन खर्च घट्ने तथा अस्वस्थ प्रतिस्पर्धा घट्ने विश्वास बीमा प्राधिकरणको रहेको छ ।

चुक्ता पुँजिको आधारमा

बीमा प्राधिकरणले असार मसान्तभित्र बीमा कम्पनीहरुलाई चुक्ता ५ अर्ब रुपैयाँ निर्देशन दिएको छ।

मर्जरमा गईसकेका कम्पनीहरुमध्ये हिमालयन लाइफले मात्रै बीमा प्राधिकरणले तोकेको समयमा पुँजि पुराएका छन् ।

दोस्रोमा सूर्या ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको हालको चुक्ता पुँजि ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।

सानिमा रिलायन्स र प्रभु लाइफले भने बोनस शेयर दिएर पुँजि पुराउने तयारीमा रहेका छन्।

त्यस्तै , प्रभु लाइफ इन्स्योरेन्स कम्पनी पुँजिको आधारमा दोस्रो रहेको छ। कम्पनीको चुक्ता पुँजि ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

सानिमा रिलायन्स लाइफको पुँजि ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

जीवन बीमा कोषको आधारमा

हिमालयन लाइफ इन्स्योरेन्स मर्जरमा गएका चार कम्पनीमध्ये बलियो बनेको छ । साविकको प्राइम, गुराँस र युनियन लाइफको कोष जम्मा गरेको कारण कम्पनीको जीवन बीमा कोष थप मजबुत बनेको छ।
असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ५२ अर्ब रुपैयाँ रहेको छ।

दोस्रोमा सूर्या ज्योती लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड रुपैयाँ रकम संचित रहेको छ।
सानिमा रिलायन्सको जीवन बीमा कोष ८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, प्रभु लाइफको बीमा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ रकम संचित रहेको छ।

खुद बीमाशुल्कको आधारमा

खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने हिमालयन लाइफ नै अग्रस्थानमा रहेको छ।
दोस्रोमा सूर्या ज्योती लाइफ रहेकोछ ।

तेस्रोमा सानिमा रिलायन्स र चौथौमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ।

खुद मुनाफाको आधारमा

खुद मुनाफाको आधारमा चार कम्पनीबीच तुलनात्मक अध्ययन गर्ने हो भने हिमालयन लाइफ नै अग्रस्थानमा रहेको छ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ५८ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सूर्या ज्योती लाइफ खुद मुनाफामा दोस्रो स्थानमा रहेको छ। कम्पनीको खुद मुनाफा चौथौ त्रैमासको अवधिसम्ममा ४६ करोड ३ लाख रुपैयाँ रहेको छ।

तेस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।

चौथौमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १० करोड माथि मुनाफा आर्जन गर्न सफल भएको छ।

प्रतिशेयर आम्दानीको आधारमा

प्रतिशेयर आम्दानीको आधारमा हेर्ने हो भने सूर्या ज्योती लाइफ अग्रस्थामा रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाा १३ पैसा रहेको छ।

दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ। कम्पनीको हालको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २४ पैसा रहेको छ भने प्रभु महालक्ष्मी लाइफको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४५ पैसा रहेको छ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*