जीवन बीमा व्यवसायको आधा हिस्सा ओगटेको नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो ?

३ भाद्र २०८०, आईतवार ११:४७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा पर्दछन ।

नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका तीनवटा कम्पनीले व्यवसायको आधा हिस्सा ओगटेका छन् ।

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका हुन् ।

तीन कम्पनीहरुले आर्थिक वर्ष ७९/८०को चौथौे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीबीच गरेको तुलनात्मक अध्ययन

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारेको तथ्याङ्क

चुक्ता पुँजिको आधारमा

चुक्ता पुँजिको आधारमा नेपाल लाइफ अग्रस्थामा रहेको छ।दोस्रोमा एलआईसी नेपाल रहेको छ।तेस्रोमा नेशनल लाइफ रहेको छ ।

नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड र हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ रहेको छ।

दोस्रोमा नेसनल लाइफको पुँजी पनि ५ अर्ब १ करोड रहेको छ।

तेस्रोमा एलआईसी नेपाल रहेको छ।कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीले ८८ प्रतिशत हकप्रद जारी गरेर पाँच अर्ब पुँजि पुराईसकेका छ ।

बीमा कोषको आधारमा

जीवन बीमा कोषमा बढी रकम सञ्चित गर्नेमा नेपाल लाइफ रहेको छ। कम्पनीको बीमा कोष एक खर्ब ६३ अर्बमाथि रहेको छ ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब रुपैयाँ सञ्चित गरेको छ।

तेस्रोमा नेसनल लाइफको ६० अर्ब रुपैयाँ रहेको छ।

जगेडा कोषको आधारमा

जगेडा कोषमा आधारमा एलआईसी नेपाल अग्रस्थानमा रहेको छ।एलआईसी जगेडा कोषमा १ अर्ब २७ करोड रुपैयाँ रकम रहेको छ।

नेपाल लाइफले ६४ करोड ९७ लाख रुपैयाँ र नेसनल लाइफले ४० करोड ७९ लाख रुपैयाँ सञ्चित गरेको छ।

महाविपत्ति कोषका आधारमा

महाविपत्ति कोषका आधारमा नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनीले महाविपत्ति कोषमा ९८ करोड रुपैयाँ संचिति गरेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ । कम्पनीको महाविपत्ति कोषको ४६ करोड रुपैयाँ रकम संचिति रहेको छ।

तेस्रोमा एलआईसी नेपालले ४२ करोड रुपैयाँभन्दा बढी यस्तो कोषमा सञ्चित गरेको छ।

खुद बीमाशुल्कको आधारमा

खुद बीमाशुल्कको आधारमा नेपाल लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क आर्जनमा प्रत्येक बर्ष अग्रस्थान ओगट्दै आईरहेको छ।

नेपाल लाइफले असार मसान्तसम्म ३६ अर्ब ६२ करोड रुपैयाँको खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १७ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममो १५ अर्ब ९७ करोढ रुपैयाँ माथिको व्यवसाय गरेको छ।

खुद नाफाका आधारमा
गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनी नेपाल लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ६७ करोड ४४ लाख रुपैयाँ माथि खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्म्मा ३६ करोड ४५ लाख रुपैयाँ आर्जन गर्न सफल भएकोछ ।
तेस्रोमा एलआईसी नेपालले १२ करोड ४६ लाख रुपैयाँमात्रै मुनाफा आर्जन गर्न सफल भएको छ ।

लगानी, कर्जा तथा अन्य आयका आधारमा

चौथौ त्रैमाससम्ममा लगानी, कर्जा तथा अन्य आयका आधारमा अग्रस्थान मा नेपाल लाइफ रहेको छ। कम्पनीले १५ अर्ब ८४ करोड रुपैयाँ आय गरेको छ ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले पनि १० अर्ब ८८ करोड रुपैयाँ आय गरेको छ।

तेस्रोमा नेसनल लाइफले ५ अर्ब ७७ करोड रुपैयाँ आय गरेको छ।

अभिकर्ता कमिसको आधारमा
नेपाल लाइफ अभिकर्ता कमिसको आधारमा अग्रस्थानमा रहेको छ।कम्पनीले यस अवधिसम्ममा ३ अर्ब १० करोड रुपैयाँ माथि अभिकर्ता कमीशन रकम छुट्याएको छ।

दोस्रोमा नेसनल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ।

तेस्रोमा एलआईसी नेपाललले १ अर्ब ४३ करोड रुपैयाँ रकम रहेको छ।

व्यवस्थापन खर्च
नेपाल लाइफ व्यवस्थापन खर्चमा अग्रस्थामा रहेको छ। चौथौत्रैमासको अवधिम्मिमा कम्पनीको व्यवस्थापन खर्च २ अर्ब ५१ करोड रुपैयाँ माथि पुगेको छ।

दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब २२ करोड रुपैयाँ आर्जन गर्न सफल भएकोछ ।

तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्म्मा ८९ करोड रुपैयाँ मात्रै व्यवस्थापनमा खर्चेका छन्।

दाबी भुक्तानीको आधारमा
दाबी भुक्तानीको आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्मा१५ अर्ब ४३ करोड रुपैयाँको दाबी भुक्तानी बीमितहरुलाई प्रदान गर्न सफल भएको छ ।

दोस्रोमा एलआईसी नेपालले ८ अर्ब ९६ करोड रुपैयाँ र नेसनल लाइफले ७ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्न सफल भएको छ ।

कायम पोलिसी संख्याका आधारमा

कायम पोलिसी संख्याको आधारमा नेसनल लाइफ अगाडि रहेको छ। कम्पनीको बीमालेख संख्या कुल १७ लाख ५१ हजारभन्दा बढी रहेको छ।

दोस्रोमा नेपाल लाइफको ११ लाख ५ हजार रहेको छ ।
तेस्रोमा एलआईसी नेपालको ६९ हजार भन्दा बढी रहेको छ।

प्रतिशेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीको आधारमा नेपाल लाइफको रहेको छ। कम्पनीको ईपीएस ८.२२ रुपैयाँ रहेको छ।

नेशनल लाइफको ७.२७ रुपैयाँ रहेको छ।

एलआईसी नेपालको ४.७ रुपैयाँ रहेको छ।

प्रतिसेयर नेटवर्थको आधारमा
प्रतिसेयर नेटवर्थको आधारमा नेटवर्थ एलआईसी नेपालको रहेको छ। कम्पनीको नेटवर्थ १६४ रुपैयाँ २५ पैसा रहेको छ।

दोस्रोमा  नेपाल लाइफको ११८ रुपैयाँ ८४ पैसा रहेको छ।

तेस्रोमा नेसनल लाइफको ११७ रुपैयाँ ८४ पैसाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*