सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न, नायक राजेश हमाल र विवेक झाको उत्प्रेरणा लिएर फर्किए एजेन्सी र अभिकर्ता

३ भाद्र २०८०, आईतवार १९:२३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शनिबार भव्य समारोहबीच सुर्यज्योति लाइफको यस वर्षको एजेन्सी अवार्ड नाईट २०८० सम्पन्न भएको हो । देशभरबाट छानिएका २ सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको सो कार्यक्रमपछि चर्चित अभिनेता राजेश हमाल र बीमा क्षेत्रका कुशल प्रशासक विवेक झाको उत्प्रेरणा र हौसलासहित कार्यक्रम सम्पन्न भएको हो ।

देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यावसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो । सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमलप्रसाद घिमिरे (बुटवल ट्राफिक चोक) र सामूहिक व्यावसाय अन्तर्गत उपिन्द्रा राई (नयाँबानेश्वर) लाई अवार्ड, ट्रफी र नगदसहित सम्मानित गरिएको थियो ।

 

त्यस्तै प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बीमा योजनामा क्रमशः गौरव कुमार शाही र कमल प्रसाद घिमिरे सम्मानित भएका छन् । उनीहरुलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो ।
उक्त अवसरमा कम्पनीले एमडीआरटी क्वालिफायर्स, सिइओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको छ । कम्पनीले देशभरिबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफीसहित सम्मान गरेको छ ।

उक्त अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर तथा चर्चित अभिनेता, नायक राजेश हमालका साथै कम्पनीका सञ्चालक तथा कुशल बीमा प्रशासक विवेक झा, सञ्चालक नन्द किशोर शर्मा, हेमन्त नहाटाको उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवन कुमार खड्काको उपस्थितिमा पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र तथा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागीहरु एजेन्सी तथा अभिकर्ताहरुले ब्रान्ड एम्बेसडर हमाल र कुशल बीमा प्रशासक विवेक झाको संक्षिप्त तर प्रोत्साहन र हौसलाप्रद प्रशिक्षण पाएर अभिकर्ताहरु कार्य क्षेत्रमा फर्केका छन् । कार्यक्रममा चिफ बिजनेश अफिसर फर्शुराम मरासिनीले स्वागत मन्तव्यका साथ गत आर्थिक वर्षको व्यावसायिक समीक्षा र आगामी वर्षको व्यवसायीक रणनीति र लक्ष्यका बारेका प्रकाश पारेका थिए । उक्त अवसरमा बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्काले सूर्यज्योति लाइफ मुलुककै सबैभन्दा उत्कृष्ट जीवन बिमा कम्पनी बन्नु पर्ने दाबी गर्दै भने, ‘यो सम्भव हामीले प्रदान गर्ने सेवाहरु, बिमा योजनाहरु र विश्वासनियताद्वारा प्राप्त हुन्छ ।’

कार्यक्रममा अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हरेक समस्या र चुनौतीलाई चिर्दै अघि बढेको खण्डमा र हामीमा क्षमता, इच्छाशक्ति र दृढ विश्वासका साथ अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए । साथै कम्पनिले समयसापेक्ष उत्कृष्ट बिमा योजना पस्किँदै आएको र बिमितहरुको सहजताको लागि नयाँ–नयाँ प्रबिधिमैत्री सेवा बिस्तार गर्दै लागेको जसअन्तर्गत ल्याइएको ‘मोबाइल एप’ अभिकर्ता र बिमीतहरुका लागि एकदमै उपयोगी भएको बताए ।

कार्यक्रममा कम्पनीका सञ्चालक विवेक झाले उपस्थित अभिकर्ताहरुलाई सम्बोधन गर्दैे कम्पनीलाई मुलुककै नमूना र विश्वसनीय जीवन बिमा कम्पनीको रुपमा स्थापित गरी बिमा कम्पनीहरुका बीच आफूलाई अब्बल र उत्कृष्ट हुनेमा ढुक्क रहेको उनले बताए । ‘अभिकर्ताहरुलाई कम्पनीको ब्रान्ड एम्बेसडर हुनुहुन्छ,’ झाले अभिकर्ताहरुलाई थप हौसला प्रदान गरे । त्यस्तै अर्का सञ्चालक नन्दकिशोर शर्माले अभिकर्ताहरुनै कम्पनीका मेरुदण्ड भएको जनाउँदै कम्पनीको उपलब्धीको सम्पूर्ण श्रेय अभिकर्तालाई नै जाने बताए ।

उक्त अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालले सूर्यज्योति लाइफ इन्स्योरेन्सले कम्पनीको मूल्य र मान्यतामा अडिग रही लाखौं नेपालीहरुको विश्वास जित्दै बीमा कम्पनीहरुको क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएकोले त्यसमा आफू पनि सहभागी हुन पाएकोमा गौरवान्वित महसुस गरेको जनाए । उक्त अवसरमा हमालले कम्पनी एवं अभिकर्ताहरुले बीमितहरुको विश्वास जित्दै बलियो सम्बन्ध स्थापित गरोस् भन्दै शुभकामना समेत दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*