आईएमई लाइफ इन्स्योरेन्सको बागलुङ शाखाले गर्यो अभिकर्तालाई सम्मान

६ भाद्र २०८०, बुधबार १४:११

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाले गत आवमा उत्कुष्ट व्यवसाय गर्ने शाखाका अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

शनिबार आयोजित एक कार्यक्रममा उत्कुष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको बागलुङ शाखाकी शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले जानकारी दिएकी हुन ।

त्यसैगरी शाखा कार्यालयले बागलुङबाट विभिन्न विदामा राम्रो काम गर्नेलाई सम्मान गरेको छ । साथै, यो आवमा कसरी सुजनशिल ढंगले बीमा व्यवसाय गर्ने भन्ने सम्बन्धमा शाखाका एमडिआरटी, चिफ एजेन्सी, सिनियर एजेन्सी र एजेन्सीहरुबीच अन्तरक्रिया पनि भएको थियो ।

कार्यक्रम सञ्चालन आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले गरेकी थिइन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*