एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

७ भाद्र २०८०, बिहीबार ११:०५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आर्थिक वर्ष २०७८।०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धि बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको भदौ ३ गतेको पत्राअनुसार स्वीकृत भएकोले कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरेका विभिन्न जीवन बीमालेखहरुमा बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले सावधिक, जीवन विधा, जीवन साथी र जीवन श्री बीमा योजनामा न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । सो बीमालेखहरुमा ५ वर्षदेखि २५ वर्षसम्मको अवधि रहेको छ ।

त्यस्तै, कम्पनीले जीवन आनन्द, बाल सावधिक, धन वृष्टि, धनफिर्ता, बाल ममता, जीवन तरङ्ग, नयाँ जीवन बीमा, लघु सावधिक र जीवन बचत बीमालेखहरुमा न्युनतम ४९ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*