यो साता बीमा कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कुनको कति ? (एलटीपीसहित)

८ भाद्र २०८०, शुक्रबार १६:३१

काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३१ अंकले घटेर २०१३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले गिरावट आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य गिरावट आएको छ ।

कारोबार साताको अन्तिम दिन जीवन बीमा उपसूचक २ दशमलव १४ प्रतिशत अर्थात २४२ रुपैयाँले घटेर ११ हजार ३९ को विन्दुमा कायम भएको छ । यसका साथै निर्जीवन बीमा उपसूचक पनि २ दशमलव २२ प्रतिशतले अर्थात २४३ रुपैयाँले घटेर भई १० हजार ७३१ को विन्दुमा कायम भएको छ ।

यो साता शेयर बजारमा ८ कम्पनीको शेयर कारोबार भएको छ । यो साता शेयर कारोबार भएका आठ जीवन बीमा कम्पनीहरुमध्ये सबै कम्पनीको शेयरमूल्य घटेको छ ।

यो शाता कारोबार भएका कम्पनीहरुमध्ये एलआइसी नेपालको शेयरमूल्य सर्वाधिक रहेको छ । यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार एक हजार ४३७ रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, एशियन लाइफको ६९८ रुपैयाँ, नेपाल लाइफको ६९१ रुपैयाँ, नेशनल लाइफको ५९४ रुपैयाँ, आइएमई लाइफको ५७० रुपैयाँ, सूर्यज्योति लाइफको ५४९ रुपैयाँ र हिमालयन लाइफको ४४२ रुपैयाँमा शेयर कारोबार भएको छ ।

यो साता १२ निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीहरुमध्ये सबै कम्पनीको शेयरमूल्य घटेको छ ।
कारोबार भएका कम्पनीहरुमध्ये सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक रहेको छ । कम्पनीको शेयर प्रतिकित्ता १५ हजार २२ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सको ८५५ रुपैयाँ, एनएलजीको ७९३ रुपैयाँ, नेपाल इन्स्यारेन्सको ७८८ रुपैयाँ, शिखरको ७८२ रुपैयाँ, सिद्धार्थ प्रिमियरको ७४७ रुपैयाँ, सगरमाथा लुम्बिनीको ७११ रुपैयाँमा यो साता शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*