एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा दुई जना हिमालयन लाइफ इन्स्योरेन्सबाट सहभागी

१० भाद्र २०८०, आईतवार ११:०९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गरेर दुई जनाले एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३मा सहभागी हुन गएका छन् ।

जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटी –मिलियन डलर राउण्ड टेवल ) ले Sands Expro &  Convention Centre, Singapore  मा अगष्ट २७ देखि अगष्ट ३० सम्म आयोजना गरेको एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा कम्पनीकोतर्फबाट दुई जना कम्पनीको तर्फबाट सहभागी हुन गएका हुन् ।

भदौ ८ गते एमडीआरटी काशिराम ढकाल र एमडीआरटी रामकुमार अधिकारी सिंगापुर प्रस्थान गरेका हुन् । सम्मेलनमा विश्व भरिका ५ सय भन्दा बढी कम्पनी र ७० भन्दा बढी राष्ट्रहरुबाट अभिकर्ताहरुको सहभागिता रहने छ ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रदेश प्रमुख हरि प्रसाद ढुंगानाले हिमालयन लाइफको प्रधान कार्यालयमा कम्पनीका सिइओ मनोज कुमार लाल कर्ण, डिसिइओ कपिल कुमार दाहाल, मार्केटिङ हेड माधव शर्मा, कलंकी शाखा प्रमुख हेमन्त तिवारी, कलंकी मार्केटिङ एक्जिक्युटिभ बिश्व खनाल,बरिष्ठ अभिकर्ता पोम बहादुर थापा, बरिष्ठ अभिकर्ता मित्र प्रसाद अर्याल लगायत हेड अफिसका कर्मचारी र अन्य अभिकर्ताहरु माझ एक औपचारिक कार्यक्रम गरी उनीहरुलाई भव्यताका साथ बिदाई गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*