एकै दिनमा सर्वाधिक बीमा शुल्क आर्जनको रेकर्ड बनाएका अधिकारी सम्राट पदकका लागि योग्य

१३ भाद्र २०८०, बुधबार ११:२९

काठमाडौं । एकै दिनमा सर्वाधिक बीमा शुल्क आर्जनको नयाँ रेकर्ड कायम गरेका नेपाल लाइफ एजेन्सी म्यानेजर गणेश अधिकारी सम्राट पदकका लागि योग्य भएसँगै कम्पनीले उनलाई सम्मान गरेको छ । कम्पनीको विराटनगर शाखाले उनलाई सम्मान गरेको हो ।

उनले आइतबार एकै दिनमा चारवटा पोलिसी मार्फत १ करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । उनले यो रेकर्ड कायम गरेसँगै नेपाल लाइफले प्रदान गर्ने सम्राट पदकका लागि समेत योग्य बनेका छन् ।

चालु आव २०८०।८१ मा उत्कृष्ठ व्यवसाय गर्दै छोटो समयावधिमा नै सम्राट पदक प्राप्तिका लागि योग्य भएको भन्दै कम्पनीले उनलाई बधाई तथा हौसला प्रदान गरेको छ ।

अधिकारी नेपाल लाफले भदौ महिनाका लागि जारी गरेको प्रोत्साहन मुलक योजनाका लागि पनि योग्य भएका छन् । उनी लुम्बिनी रानीमल टुरमा समेत समावेश हुन पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*