जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उच्च गिरावट, २० देखि २५ प्रतिशतसम्म घट्यो, कुनको अवस्था कस्तो ?

१४ भाद्र २०८०, बिहीबार १४:४४

काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको प्रत्यक्ष असर नेपाली जीवन बीमा कम्पनीहरुमा परेको देखिएको छ ।बीमा प्राधिकरणले प्रारम्भिक रुपमा सार्वजनिक गरेको विवरण अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको अवस्थाले जीवन बीमा क्षेत्रमा चिन्ताजनक अवस्थाको चित्र औल्याएको छ ।

बीमा प्राधिकरणको मर्जरको प्रभाव, अभिकर्तामाथि गरेका अन्याय, हतोत्साहतपूर्वक व्यवहार, प्राधिकरणमा दक्ष जनशक्ति नहुँदा महिनैपिच्छे आउने निर्देशिकाहरुको अन्योल तथा देशमा उत्पन्न आर्थिक संकटका कारण जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय अप्ठेरो अवस्थामा पुगेको देखिएको हो ।

जीवन बीमा कम्पनीहरुले नयाँ बीमालेख बिक्री गरेर आर्जन गरेको प्रथम बीमाशुल्क आर्जन अघिल्लो महिनामा तुलनामा उच्च गिरावट आएको छ।असार महिनाको तुलनामा साउनमा जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमा शुल्क ५६।५५  प्रतिशतले घटेको छ ।

साउनमा जीवन बीमा कम्पनीले दुई अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले असार महिनामा ५ अर्ब २८ करोड ७५ रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

आर्थिक मन्दीको कारण पनि बीमा प्राधिकरण र कम्पनीहरुलेपहुँच वृद्धिको लागि कार्यक्रमहरु संचालन गरिहेपनि नयाँ बीमालेख बिक्री हुन मुस्किल भएको तथ्यांकले देखाएको छ। हाल सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क आर्जन घटेको देखिएको छ।

सबै भन्दा धेरै प्रसानिमा रिलायन्स लाईफ इन्सयोरेन्स रहेको छ । असार महिनामा ३५ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्कआर्जन गरेको इन्स्योरेन्सले साउन महिनामा ६७.७४ प्रतिशतले घटेर ११ करोड ३३ लाख रुपैयाँ मात्रै आर्जन गरेको हो ।

यस अवधिमा सबै भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा नेपाल लाईफ इन्योरेन्सले सर्वाधिक धेरै प्रथम बीमा शुल्क आर्जन गरेको छ । तर यसको पनि असारको तुलनामा साउन महिनामा ६०.५९ प्रतिशत घटेको छ ।

जीवन बीमा कम्पनीहरु मध्येमा राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्क सबै भन्दा थोरै २१.८१ प्रतिशतले मात्र खस्केको छ । यद्यपि इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन पनि सबै भन्दा कम ४ करोड ३७ लाख रुपैयाँमा सिमित छ ।

यस्तै हिमालयन लाइफको ३६.४३ प्रतिशत, रिलायवल नेपाल लाइफको ५२.९३ प्रतिशत, सिटिजन लाइफको ५९.८४ प्रतिशत, सूर्यज्योति लाइफको ५८.४४ प्रतिशत, एशियन लाइफको ६४.४७ प्रतिशतले घटेको छ ।

यसैगरी नेशनल लाइफको ६२.३६ प्रतिशत, मेट लाइफको २९.९१ प्रतिशत, आइएमई लाइफको ४२.४९ प्रतिशत र सन नेपाल लाइफको ४६.१६ प्रतिशतले प्रथम बीमा शुल्क घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*